संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै

सहकारी बचतकर्ताको बचत रकम अपचलनसम्बन्धीमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै छ ।

कास्कीको पोखरास्थित जेलमा रहेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक विश्वेश्वर अर्यालसँगको बयान लिइरहेको हो । यसका लागि बिहान ८ बजेदेखि बैठक जारी छ ।

समितिले जेलमा रहेका पाँच जनालाई झिकाएर बयान लिइसकेको छ । थप दुई जनाको बयान लिने क्रम जारी छ । समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ ।

अब यो प्रकरणमा जोडिएका थप ३० जनासँग बयान लिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *