
भारतको स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा कथक नृत्यकला प्रस्तुत


भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले कथक नृत्य प्रस्तुति आयोजना गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अर्पिता दत्त र उनको टोलीले कथक नृत्य प्रस्तुत गरेको थियो ।
अर्पिता र उनको टोलीले प्रस्तुत गरेको कथक नृत्यको कार्यक्रममा उपस्थित सबैले मनोरञ्जन लिएका थिए ।
यस नृत्य टोलीले वीरगञ्ज, हेटौंडा, विराटनगर र पोखरामा पनि नृत्य प्रस्तुत गर्ने तय भएको भारतीय दूतावासले जानकारी दिएको छ ।
कार्यक्रममा नेपाली सेनाका कायममुकायम प्रधानसेनापति रथी अशोकराज सिग्देलसहितका उच्च अधिकृत, कुटनीतिक समुदायका प्रतिनिधि, नागरिक समाजलगायतको सहभागिता रहेको दूतावासले जनाएको छ ।
हेर्नुहाेस थप तस्विरहरु:
प्रतिक्रिया