हात्तीको आक्रमणबाट दुई घरमा क्षति

इटहरी उपमहानगरपालिका–२ स्थित शान्तिनगरमा जङ्गली हात्तीले दुई वटा घरमा क्षति पु-याएका छन्। आज बिहान जङगलबाट आएको हात्तीको हुलले आक्रमण गर्दा दुई वटा घरमा क्षति पुगेको इलाका प्रहरी कर्यालय इटहरीले जनाएको छ।

स्थानीय अमृतबहादुर मगर र उनका छिमेकीको घर हात्तीले भत्काएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

हात्तीले अमृतबहादुरको घरमा राखेको १० बोरा धान र एक बोरा चामल नष्ट गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *