मधेस सरकारका ८ राज्यमन्त्री बर्खास्त

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्री बर्खास्त गरेका छन् । जम्बो मन्त्रीमण्डल विस्तार गरेको भन्दै चर्को आलोचना भएपछि केन्द्रको सत्तारुढ दलहरुको सहमतिमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारमा सहभागी ८ जानै राज्यमन्त्रीलाई हटाएका हुन् ।

५ जेठमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका थिए । २२ साउनमा मात्रै उनले पाँच राज्यमन्त्री नियुक्त गरेर मन्त्रीमण्डलको संख्या २० पु¥याएका थिए । जसको चौतर्फी आलोचना भएको थियो ।

जसपाले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो । बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् । जसमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह, मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर