मधेस प्रदेशसभाबाट १९ महिनामा एक संशोधनसहित सात वटा विधेयक पारित

मधेस प्रदेशसभा दोस्रो कार्यकालको करिब १९ महिनामा एक संशोधनसहित सात वटा विधेयक पारित भएको छ ।

मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१, केही ऐन संशोधन गर्नेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बालिका संरक्षण गर्न बनेको विधेयक पारित भएको प्रदेशसभा सचिवालयका निमित्त सचिव विपिन ठाकुरले जानकारी दिए ।

दोस्रो कार्यकालका लागि प्रदेशसभा गठन भएपछि जम्मा १२ वटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएका छन् । बाँकी पाँच वटा विधेयक विभिन्न समितिमा छलफलका क्रममा रहेको निमित्त सचिव ठाकुरले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *