अनधिकृत रुपमा सञ्चालन गरिएको क्लिनिकमा सिलबन्दी

प्युठानमा अनधिकृत रुपमा सञ्चालन गरिएको स्वास्थ्य क्लिनिकमा सिल गरिएको छ । आज सरुमारानी गाउँपालिका क्षेत्रमा भएको बजार अनुगमनका क्रममा भेटिएको अनधिकृत क्लिनिकमा सिलबन्दी गरिएको हो ।

सरुमारानी गाउँपालिका–४ बडडाडामा दर्ता नगरी सञ्चालनमा ल्याइएको शोभा स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिए । फार्मेसीका लागि इजाजत लिइएको शोभा फार्मेसीसँगै एक वर्षदेखि शोभा स्वास्थ्य क्लिनिक सञ्चालन गरेका थिए ।

फार्मेसी वैधानिक भए पनि मेडिकल, ल्याब, आकस्मिक कक्ष, एक्स–रे सेवा अवैध देखियो”, शर्माले भने, “दर्तापश्चात् सञ्चालन गर्न दिनेगरी सिलबन्दी गरेका छौँ । फार्मेसी सिलबन्दी गरेपछि बिरामी जाँच सेवाका लागि भन्दै अवैध रुपमा प्रचार गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय र सरुमारानी गाउँपालिकाको संयुक्त अनुगमनबाट बडडाँडा बजार क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रेका सामग्रीहरू विक्रीका लागि राखिएको पाइएको छ । चाउचाउ, कुरकुरे, बिस्कुट, खानतेले, सस, भेनेगर, वियरलगायत रु २८ हजार बराबरका सामग्री नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

चाडपर्व सुरु हुन थालेसँगै बजार अनुगमन सुरु गरिएको छ । चाडपर्वमा अखाद्य वस्तुको प्रयोग हुनसक्ने भन्दै बजार अनुगमनलाई तीव्रता दिन थालिएको शर्माको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *