जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै मधेस सरकारविरूद्ध सिट्ठी जुलुस

मधेस सरकारले जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले विरोधमा मधेस सरकारविरूद्ध सिट्ठी जुलुस निकालेका छन् ।

जसपा नेपाल निकटको युवा संगठन तथा विद्यार्थी संगठनले संयुक्त रूपमा मधेस सरकारको जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम नगरभित्र सिट्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो ।

आफूहरूले कुर्सी जुलुस निकालेर मधेस सरकारलाई जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउनका लागि खबरदारी गरे पनि आफूहरूको माग नसुनेकाले सिट्ठी जुलुस निकालेको समाजवादी युवासंघ मधेसका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताए ।

उनले मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकारसमेत नरहेको भन्दै राजीनामा माग गरे ।

जनकपुरधामको जनकचौकबाट सुरू भएको विरोध र्‍याली मधेस भवनतर्फ अगाडि बढ्दा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजे पनि युवा विद्यार्थीहरू प्रहरीको घेरा निस्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर विरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *