प्राविधिक सईको परीक्षामा ५८ जना उत्तीर्ण

नेपाल प्रहरीले प्राविधिक प्रहरी नायब निरीक्षक (सई) का लागि लिएको परीक्षामा ५८ जना उत्तीर्ण भएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्राविधिक समूहअन्तर्गत इन्जिनियरिङ र स्वास्थ्य उपसमूहतर्फ रिक्त सई पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न २०८० कात्तिक १७ गते विज्ञापन खुलाएको थियो ।

त्यसअनुसार प्रहरी प्रधान कार्यालयमा सञ्चालित अन्तर्वार्तामा सहभागी उम्मेदवारहरूमध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य र वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरिएको हो ।

हेर्नुहोस् नतिजा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *