सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् ।

२० साउनमा मुख्यमन्त्री नियुक्त भएका शाहले प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने गरी पत्र पठाएको बताउँदै प्रदेशसभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेको जानकारी दिए । उनका अनुसार बैठकको समय निर्धारण गर्न भने बाँकी छ ।

कांग्रेस–एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहले विश्वासको मत लिइसकेपछि चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर