परराष्ट्रमन्त्री राणा र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-भारत सम्बन्ध, द्विपक्षीय हित र सहयर्कायका विषयमा छलफल भएको छ ।

विदेशसचिव मिस्री नेपाली समकक्षी परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान काठमाडौं आएका थिए । उनी सोमबार स्वदेश फर्कने छन् ।

यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरिसकेका छन् ।

यस्तै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि उनले गरेका थिए ।

विदेशसचिव मिस्रीले आइतबार भारत सरकारको सहयोगमा निर्मित नेपाल भाषा परिषदको नयाँ भवन उद्घाटन गरेका थिए । यस्तै परराष्ट्रसचिव लम्सालले दिएको रात्रिभोजमा पनि सहभागी भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *