चितवनमा बस र ट्रक ठोक्किँदा १० जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका-५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना ६ ख ५९२७ नम्बरको ट्रक एकआपसमा आज बिहान ठोक्किँदा बसमा सवार १० जना घाइते भएका हुन् ।

घाइतेमध्ये सात जनाको अवस्था मध्यम रहेको छ भने तीन जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । घाइतेमध्ये चार जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र छ जनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।

प्रहरीले दुवै सवारीसाधन, बसचालक सप्तरीकाे तिरूत गाउँपालिका-२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछापकाे साङटार गाउँपालिका-२ का ३५ वर्षीय नीरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर