भारत नेपालका सुरक्षा निकायलाई सघाउन तयार

गृहमन्त्री रमेश लेखक र भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र भारतबीच सुरक्षा सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा विदेशसचिव मिस्रीले भारत सरकार नेपालका सुरक्षा निकायलाई सहयोग गर्न तयार रहेको बताए ।

उनले सुरक्षा निकायलाई आवश्यक उपकरण, तालिम आदिमा भारतको नेपाललाई सहयोग रहने बताए ।

नेपाली समकक्षी परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका विदेशसचिव मिस्री आइतबार बिहान काठमाडौं आएका थिए । उनी सोमबार स्वदेश फर्कने छन् ।

भ्रमणका दौरान उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरिसकेका छन् ।

यस्तै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि उनको भेटवार्ता भइसकेको छ ।

स्वदेश फर्कनुअघि उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेट गर्ने कार्यक्रम छ ।

विदेशसचिव मिस्रीले आइतबार भारत सरकारको सहयोगमा निर्मित नेपाल भाषा परिषदको नयाँ भवन उद्घाटन गरेका थिए । यस्तै परराष्ट्रसचिव लम्सालले दिएको रात्रिभोजमा पनि सहभागी भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर