झापाबाट पेस्तोलसहित युवक पक्राउ

झापाको दमकबाट प्रहरीले पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका ८ घर भएका ३६ वर्षीय सञ्जिव गजमेर छन् । सोमबार दमक नगरपालिका–५ मा को ३८ प ५६४९ नम्बरको स्कुटर चेकजाँच गर्दा स्कुटरको अगाडीपट्टि लुकाएर राखेको अवस्थामा पेस्तोल भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आरोपीको साथबाट प्रहरीले ‘मेड इन इटली’ लेखिएको पेस्तोल र सो पेस्तोलमा लाग्ने दुईथान म्याग्जिन बरामद गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *