बैतडीमा पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा

वर्षासंगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् ।

डिलाशैनी गाउँपालिका वडा नं.३ दौंखोलाका अम्मर बोहराका  घरमा क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा १५ लाख बराबरको क्षति पुगेको बताए। पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि  जोखिममा रहेका जनाइएको छ ।

डिलाशैनी गाउँपालिकाकाका अध्यक्ष सन्तोष जोशीले पहिरो पीडितलाई  स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनर्स्थापनाका काममा गरिने बताए ।  यसैबीच वर्षातका  समयमा विपद्का घटना हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *