न्याय क्षेत्रका समस्या साझा चुनौति बन्नुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायपालिकाप्रति विश्वस्त हुने वातावरण निर्माण गर्न लागिपरेको बताएका छन् ।

कानुन व्यवसायी परिषद्को ३१ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा बोल्दै उनले यस्तो कुरा बताएका हुन । उनले न्यायपालिकाप्रति विश्वस्त हुने वातावरणको निर्माण गर्दै सेवाग्राहीहरूको अपेक्षाअनुरूपको कार्य सम्पादन र सेवा प्रवाहमार्फत आम नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न न्यायपालिका लागि परेको बताए ।

उनले न्याय क्षेत्रको सुधार र स्तरोन्नतिका लागि तथा नागरिकका न्यायपालिकाप्रतिका अपेक्षाहरूको सम्बोधन अदालतको एक्लो प्रयासले मात्र सम्भव नरहेको बताए। उनले न्याय क्षेत्रमा आबद्ध सबै निकायहरूको संस्थागत क्षमता, व्यावसायिकता, उच्चस्तरको लगन, मेहनत, जिम्मेवारीप्रतिको स्वामित्व वोध, जबाफदेहिता र प्रतिविद्धताबाट मात्रै सकारात्मक परिणाम दिन सकिने बताए । उनले नागरिकको अपेक्षाको स्तरअनुसार काम हुन नसके जनताको नजरमा भरोसायुक्त नहुने जिकिर गरे। उनले न्याय क्षेत्रका समस्या र चुनौतीहरू सबैका साझा समस्या र चुनौती बन्नुपर्ने बताए । उनले सुदृढ न्यायपालिका र सक्षम एवं समृद्ध न्याय प्रणालीको लागि सबैले योगदान गर्नुपर्ने बताए।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायपालिकाको सुधारको मार्गचित्रसहित तर्जुमा भएको योजना समग्र न्याय क्षेत्रको साझा दस्ताबेज बन्नुपर्ने बताए। स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितताको लागि सुदृढ कानुन व्यवसायी त्यत्तिकै अपरिहार्य रहेको उल्लेख गरे । कानुन व्यवसायीहरुको सक्षमता, सुदृढताले नै न्याय सम्पादन प्रभावकारी बन्न सक्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *