
माओवादी केन्द्रका अध्यक्ष दाहाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता


नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।
विदेशसचिव मिस्रीले दाहाल निवास खुमलटार पुगेर उनीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशबीचको आपसी हित एवं पारस्पारिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण कुराकानी भएको दाहालको निजी सचिवालयले जनाएको छ ।
भारतीय विदेशसचिवमा नियुक्त भएपछि पहिलो पटक नेपाल आएका मिस्रीले यअसघि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
सचिव मिस्री आइतबार बिहान नेपाल आएका थिए । उनी सोमबार स्वदेश फर्किनेछन् । त्यसअघि उनले अझै केही उच्चस्तरीय भेटवार्ता गर्ने तालिका छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया