पेरिस ओलम्पिकमा कुन देशको पदक कति ?

पेरिस ओलम्पिक-२०२४ मा चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित कुल ९० पदक जितेको छ ।

अन्तिम दिनअघि दोस्रो स्थानमा झरेको अमेरिकाले चीनभन्दा १ स्वर्ण कम जितेको छ । कुल १ सय २२ पदक हात पारेको अमेरिकाले १५ औं दिनको समाप्तिसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्य जितेको छ ।

तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १४ कास्यसहित कुल ४५ पदक जितेको छ । १५ औं दिन अष्ट्रेलियाले थप २ स्वर्ण हात पार्यो ।

चौथो स्थानमा रहेको जापानले अहिलेसम्म १८ स्वर्ण, १२ रजत र १३ कास्यसहित कुल ४३ पदक जितेको छ । आयोजक फ्रान्सले १६ स्वर्णसहित कुल ६२ पदक हात पारेको छ ।

१४ स्वर्ण, २२ रजत र २२ कास्य जितेको ग्रेट ब्रिटेन छैटौं स्थानमा यथावत छ । ओलम्पिकमा दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः ७ औं, ८ औं र ९ औं स्थानमा छन् ।

पेरिस ओलम्पिक-२०२४ मा आजसम्म सहभागी २०६ मध्ये ६२ देशले कम्तीमा एक स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् ।

ओलम्पिकअन्तर्गत आज अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर