पेरिस ओलम्पिकमा आज सन्तोषीले प्रतिस्पर्धा गर्दै

पेरिस ओलम्पिक्सको अन्तिम दिन आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिष्पर्धा गर्दैछिन् ।

युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा छनोट भएकी हुन् । सन्तषी गत १५ गते पेरिस गएकी हुन् । दश दिन पेरिसमा नै उनले प्रशिक्षण गरिन् । त्यहाँको मौसमसँगै अभ्यस्त भइसकेकी सन्तोषीले उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन् । सन्तोषीले नेपालको लागि १३ औं दक्षिण एशियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । पछिल्लो समय घरेलु म्याराथनमा उनी अब्बल खेलाडी हुन् ।

नेपालबाट सहभागी सातमध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन्। जहाँ पौडीका एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए । यस बाहेक अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *