अमेरिका पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला पाणीनी गाउँपालिका-७ दुविचौर घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने २१ वर्षीय लक्ष्मी माझी रहेकी छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो । माझीले बिभिन्न व्यक्तिलाई अमेरिका पठाइदिने भन्दै लाखौं ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनी अमेरिकामा मासिक दुई लाख रुपैयाँ तलव सम्म हुने भन्दै ५४ लाख ७ हजार ८ सय ७० रुपैयाँ लिई फरार भएकी थिईन् । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *