बंगलादेशमा मारिएका हिन्दुहरूको चिर शान्तिका लागि काठमाडौंमा दीप प्रज्ज्वलन

बंगलादेशमा हत्या गरिएका हिन्दुहरूको आत्माको चीर शान्तिकाे कामना गर्दै श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ।

शनिबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको हो । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले कार्यक्रम आयोजना गरेको थियो ।

सोही क्रममा विश्व हिन्दु महासंघ केन्द्रीय अन्तर्राष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोलाले सनातन धर्मावलम्बी माथि भइरहेको अन्यायको निन्दाको रूपमा कार्यक्रमहरू गर्दै आएको बताए ।

उनले भने, ‘बङ्गलादेशमा हिंसात्मक द्वन्द्व भड्कियो, त्यसपछि राजनीतिक परिवर्तनसँगै धार्मिक संघ संस्थाहरूमाथि विशेष रूपमा त्यहाँको हिन्दु मन्दिरहरूलाई लक्षित गरेर मन्दिरहरू भत्काउने कार्य भएपछि हामीले त्यसको विरोध गरेका छौँ । हिजो मात्र बङ्गलादेशको राजदूतावासमा गएर यसबारे ज्ञापन पत्र पनि बुझाएका छौ । आजको कार्यक्रम जति पनि सनातन धर्मावलम्बी माथि भइरहेको अन्यायको हामीले निन्दा गरेका छौँ ।’

उनीहरूले हिन्दुहरूमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर