नेपाली सेनामा बढुवा भएका जर्नेल र कर्णेललाई दर्ज्यानी चिन्ह प्रदान

कायममुकायम प्रधानसेनापति रथी अशोकराज सिग्देलले मंगलबार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मधुकर सिंह कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

शुक्रबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रमकाबिच सिग्देलले कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै उपरथी कार्की राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सह संयोजकमा नियुक्त भएका छन्।

कायममुकायम प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक डेन्टिष्ट महासेनानी डा. समीर अर्याल, महासेनानी जगदीश खड्का र महासेनानी अमृत काजी गुरुङलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी शैलेन्द्र कोइरालालाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे।

शुक्रबार नै आयोजित एक अर्को कार्यक्रममा सि.सं.६१ अधिकृत आधार तालिममा छनौट भई भारतको भारतीय सैन्य एकेडेमीबाट अधिकृत आधारभूत तालिम सम्पन्न गरी स्वदेश फिर्ता भएका ४ जना अधिकृत क्याडेटहरुलाई कामय मुकायम प्रधान सेनापतिले उपसेनानी दर्जाको दर्ज्यानी चिन्हसमेत प्रदान गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर