जातीय हिन्दु महाजोतलगायत सनातन धर्मका विभिन्न संघसंस्थाले आज (शनिबार) दिउँसो ३ बजेका लागि सोही स्थानमा अर्को जुलुसको आह्वान गरेका छन्।
बंगलादेश हिन्दु बौद्ध क्रिश्चियन एकता परिषद्का अनुसार अगस्ट ५ पछिका ३ दिनमा बंगलादेशका खुलना, बागेरहाट, पटुआखाली, शरियतपुर, फरीदपुरलगायत कम्तीमा २९ जिल्लामा अल्पसंख्यक समुदायका घर, व्यवसाय र पूजास्थलमा तोडफोड र लुटपाट भएका छन्।
संगठनहरूले हिन्दु समुदायविरुद्ध भएका यी आक्रमणमा धेरै मानिस घाइते भएको बताएका छन्।
स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा दिने गरिएको आरक्षणको विरोधमा भइरहेको विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि यही अगस्ट ५ का दिन प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिना देशै छाडेर भागेकी छन्। अहिले उनी भारतमा छिन्। गत बिहीबार मात्र त्यहाँ नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ।
प्रतिक्रिया