बंगलादेशमा हिन्दू-बौद्ध अल्पसंख्यकमाथिको आक्रमण चिन्ताजनक : नेपाली कांग्रेस

नेपाली कांग्रेसले बंगलादेशमा आरक्षण कोटाविरोधी आनदोलनका क्रममा हिन्दु, वुद्धिष्ट समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक भएको बताएको छ ।

जारी केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले धार्मिक अल्पसंख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने विशवास लिएको बताएको छ ।

शुक्रबारको बैठकपछि पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसंख्यक विशेष गरी हिन्दु, वुद्धिष्ट समुदाय माथि आक्रमण गरिएका घटना चिन्ताजनक भएकाले धार्मिक अल्पसंख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने नेपाली कांग्रेसले विश्वास लिएको छ ।’

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । कांग्रेसले अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षहरूसँग समेत परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बंगलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा बंगलादेशमा विगत केही हप्तादेखि विकसित भइरहेका राजनीतिक घटनाक्रमलाई नेपाली कांग्रेसले नजिकबाट नियालिरहेको र लोकतन्त्र र शान्तिप्रेमी बंगलादेशी नागरिकको चाहना र भावना अनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्व वहाल भई राजनीतिक संक्रमण अन्त्य हुने विश्वासमा पाटीृ रहेको उल्लेख छ ।

बैठक आइतबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *