गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा

काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित एक धागो उद्योगमा आज अपराह्न लागेको आगो नियन्त्रणमा आएको छ ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राति पौने ८ बजेको समयमा आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।

ओखलढुङ्गा लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजलस्थित भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीको मनकामना धागो उद्योगमा आगलागी भएको थियो । विभिन्न क्षेत्रबाट पुगेका दमकलको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *