इको ब्राण्डको मिनिरल वाटरमा लार्भाजस्तो कीरा भेटियो (भिडियाे)

इको ब्राण्डको मिनिरल वाटरमा लार्भाजस्तो कीरा भेटिएको छ । शुक्रबार काठमाडौंको अनामनगरस्थित किम्ची फास्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो कीरा फेला पारेको हो ।

सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो कीरा भेटिएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणका लागि कृषि तथा पशुपंक्षी विभागमा पठाएको छ । मिनिरल वाटरको बोतलमा राखिएको पानीमा लार्भाजस्तो कीरा देखिएपछि अनुगमनका लागि सम्बन्धित विभागमा सिल गरेर पठाउने काम गरिएको काठमाडौं महानगरपालिकाका प्राविधिक अशोक पराजुलीले जानकारी दिए ।

हेर्नुहाेस् भिडियाे 

‘हामी विभागमा जान्छौं अनि उहाँहरूसँग लिखित स्पष्टीकरण माग्छौं । उहाँहरूलाई कारबाहीका लागि के गर्ने भनेर माथिबाट सरहरूले निर्णय गर्नुहुन्छ । कारबाही तोक्ने कुरा उहाँहरूले गर्नुहुन्छ,’ पराजुलीले भने, ‘मैले पानीमा हेर्दाखेरि लार्भाजस्तो कीराहरू देखिएको छ । यो एउटा कैफियत नै हो । कारबाही हाम्रो कृषि तथा पशुपंक्षी विभागले गर्छ । कीटाणु नै भन्न सकिएन । तर, प्रारम्भिक रूपमा लार्भा हो जस्तो लाग्यो । स्थानीय ऐनअनुसार उहाँहरूमाथि कारबाही हुन्छ ।’

प्राविधिक पराजुलीका अनुसार काठमाडाैं महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले सो मिनिरल वाटरमा रहेको लार्भाजस्तो कीरा कीटाणु हो वा होइन परीक्षण गरेर मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर