नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक छैन : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा खेती गर्न छाडेसँगै वन क्षेत्र बढिरहेकाले वन क्षेत्र बढाउने योजना बनाउन आवश्यक नरहेको बताएका हुन् ।

उनले नेपाल उर्वर भूमि रहेकाले बोटबिरूवा आफैं उम्रिने र हरियाली बढ्ने अवस्था रहेको बताए ।

उनले मानिसहरूले खेती गर्न छाडेसँगै जनावरहरू खेतीयोग्य क्षेत्रलाई वनका रूपमा उपयोग गरी बस्न थालेको बताए । उनले वन क्षेत्र विस्तार गर्ने कुरा अब नेपालको चासोको विषय बनाइरहन आवश्यक नरहेको बताए ।

‘हाम्रो प्रकृति यस्तो छ, जहाँ बोटबिरूवा उम्रिहाल्छ, हरियाली क्षेत्र बढिहाल्छ । अब एक प्रकारले भन्नुहुन्छ भने नेपालमा वन क्षेत्र बढाउने भन्ने खालको योजना जरूरी छैन । किनकी त्यो जनावरहरूले नै बढाइदिएको बढाइदिएकै छन्,’ महासचिव पोखरेलले भने, ‘मान्छेले खेती गर्न छोडेपछि त वन क्षेत्र त बढेको बढ्यै छ । किनकि जनावरले उत्पादन खाइदिएपछि किन खेती गरिरहने ? खेती गर्न छोडेपछि वन जंगल हुर्किहाल्छ ।’

महासचिव पोखरेलले जनावर र मानवबीचको द्वन्द्वलाई सही रूपमा व्यवस्थापन गर्न नसके यसले खतराको रूप लिने बताए ।

उनले प्रकृतिको लाभ कम देख्न थालेपछि प्रकृतिको संरक्षण हुन नसक्ने बताए । अरूका लागि प्रकृति संरक्षण गर्ने नभई आफ्ना लागि गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर