पर्सामा भारतीय नागरिकको कोठाबाट झन्डै ५ करोड रूपैयाँको इलेक्ट्रोनिक भेप बरामद (भिडियाेसहित)
२५ साउन २०८१ १४:५७
जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो मात्रामा विद्युतीय चुरोट (इलोक्ट्रोनिक भेप) बरामद गरेको छ ।
शुक्रबार दिउँसो १२:४० बजे वीरगञ्ज महानगरपालिका-६, रेल्वेरोडका रामप्रसाद बैरेको पक्की घरमा भाडामा बसेका भारतको विहार राज्यका सुदामा प्रसादको कोठाबाट इलेक्ट्रोनिक भेप बरामद भएको हो ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरीले उनले अनधिकृत रूपमा भण्डारण गरी राखेको ७६ कार्टुन एल्फ बार राया डी३ २५००० पफ बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद प्रतिकार्टुनमा उनले २०० पिसका दरले १५ हजार २ सय पिस भेप भण्डारण गरेर राखेका थिए ।
बरामद भेपको मूल्य अन्दाजी ४ करोड ८६ लाख २४ हजार ८ सय रूपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद भेप जिल्ला प्रहरी कार्यालयमा लगेर थप अनुसन्धान सुरू गरिएको छ ।
प्रतिक्रिया