तोलामा १५०० रूपैयाँ बढ्यो सुनको मूल्य

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार पाँच सय रूपैयाँले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४८ हजार एक सय रूपैयाँ कायम भएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय रूपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ४० रूपैयाँले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला एक हजार छ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ३० रूपैयाँ निर्धारण भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर