मधुकरसिंह कार्की उपरथीमा बढुवा

नेपाली सेनामा सहायक रथी, महासेनानी, प्रमुख सेनानी र आक्टिङ महासेनानीको बढुवा भएको छ ।

साउन १२ गतेको मन्त्रिपरिषद बैठकले सेनाका १ जना सहायक रथीलाई उपरथी पदमा, ४ जना महासेनानीलाई सहायक रथी पदमा, १ जना प्रमुख सेनानीलाई महासेनानी पदमा र १ जना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

सैनिक उच्च स्रोतका अनुसार सहायक रथी मधुकरसिंह कार्की उपरथीमा बढुवा भएका हुन् ।

यस्तै महासेनानी अमृतकाजी गुरूङ, जगदीश खड्का, चुलेन्द्र थापा सहायक रथीमा बढुवा भएका हुन् ।

प्राविधिक समूहका महासेनानी डा. समीर अर्याल पनि सहायक रथीमा बढुवा भएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *