बङ्गलादेशमा चाँडै शान्ति र लोकतान्त्रिक प्रणाली स्थापना हुने कांग्रेसको विश्वास

नेपाली कांग्रेसले बङ्गलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा बङ्गलादेशी नागरिकको भावनाबमोजिम चाँडै नै त्यहाँ शान्ति स्थापना र लोकतान्त्रिक प्रक्रियाअनुसार गतिविधि अघि बढ्ने विश्वास लिएको जनाएको छ ।

आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले उक्त घटनाबाट बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारलाई थप तदारुकता देखाउनसमेत आग्रह गरेको छ ।

यस्तै, बैठकले केन्द्रीय कार्यसम्पादन समितिको गत असार १९ र २९ गतेको बैठकका निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *