हेलिकोप्टर दुर्घटना छानबिन गर्न सेनाका वरिष्ठ पाइलट थापाकाे नेतृत्वमा आयोग गठन

सरकारले बुधबार दिउँसो नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई ३० दिनको समयावधि दिइएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूले जानकारी दिए ।

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा बुधबार ५ जनाको मृत्यु भएको थियो ।

काठमाडौँबाट रसुवाको स्याफ्रुबेँसीतर्फ गइरहेको हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको थियो । हेलिकोप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *