दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकप्टरमा को सवार थिए ?

बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । एयर डाइनेस्टीका पाइलट अरुण मल्लले बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा चार जना चिनियाँ पर्यटक बोकेर त्रिभुवन विमानस्थलबाट रसुवाका लागि उडेका थिए ।

त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटमै मल्लले चलाएको रसुवाबाट काठमाडौँ आइरहेको एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटना स्थलमा जलेको अवस्थामा पाइलटसहित पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले पुष्टि गरे ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा को को थिए ?

क्याप्टेन-अरुण मल्ल

चिनियाँ पर्यटकहरू

१. जुदाड टाङ (पुरुष)

२. जिली (पुरुष)

३. जेमिङ सी (पुरुष)

४. यियाद वु (महिला)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर