भन्सार छलेर ल्याइएका १२ लाख ५० हजारका कपडा बरामद

भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले बुद्धशान्ति गाउँपालिका- ७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका- ६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो ।

बुद्धशान्ति- ७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए ।

यसैगरी अर्को टोलीले मेचीनगर- ६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको रु दुई लाख ५० हजार बराबरको कपडा बरामद गरेको सूचना अधिकारी पोखरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर