आलोकचन्द्र श्रेष्ठ, परासर ढुंगाना विशिष्ट श्रेणीको सचिव पदमा बढुवा

सरकारले नेपाल न्याय सेवा कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत आलोकचन्द्र श्रेष्ठ, परासर ढुङ्गानालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले श्रेष्ठलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा र ढुङ्गानालाई नेपाल कानुन आयोगमा पदस्थापन गरेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर