सरकारको निर्णयः तीन एआईजीको सरुवा र एकको पदस्थापन

सरकारले नेपाल प्रहरीका तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा तथा बढुवा भएका एकजना एआईजीलाई पदस्थापन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीत्रय दीपक थापा, किरण बज्राचार्य र श्यामलाल ज्ञवालीको सरुवा तथा एआईजी बढुवा भएका रामदत्त जोशीलाई पदस्थापन गरेको हो ।

यसअघि प्रहरी प्रधान कार्यालयले गृहमा हालै बढुवा सिफारिस भएका एआईजी रामदत्त जोशीको पदस्थापनसँगै थप तीन एआईजीको सरुवा प्रस्ताव गरेको थियो ।

बैठकले नवनियुक्त एआईजी जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा पदस्थापन गरिएको छ । यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको पनि सरुवा गरिएको छ ।

सरुवा अनुसार हाल मेट्रो, रानीपोखरीका प्रमुख एआईजी दिपक थापालाई सीआईबी, लाजिम्पाट र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागकी एआईजी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा सरुवा गरिएको छ । थापालाई सीआईबीमा पठाइएसँगै त्यहाँस्थित श्यामलाल ज्ञवाली नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *