मेलम्ची, वागमतीसहित यी नदीमा बहाव बढ्ने
२२ साउन २०८१ ११:०१
देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । वर्षासँगै केही नदी तथा खोलामा आकस्मिक बहावको उच्च जोखिमको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ । आज नक्सामा अंकित गरिएका जिल्ला भई बहने मेलम्ची, वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेखोला, कालीगण्डकीको सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानोखोलालगायत अन्य स–साना नदीमा बहाव बढ्ने, केही नदीमा आकस्मिक बहावको उच्च जोखिम, सतर्कता अपनाउनुहुन अनुरोध छ, महाशाखाको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया