सरकारको न्युनतम साझा कार्यक्रम ल्याउनुपर्नेमा काँग्रेस सांसदहरुको जोड

नेपाली काँग्रेसका सांसदहरुले वर्तमान सरकारले न्युनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने धारणा राखेका छन् ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काँग्रेस सांसदहरुले सरकारले न्युनतम साझा कार्यक्रम बनाएर सोही अनुरुप सरकार सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनीहरुले दुई वा दुई भन्दा बढी दलहरु सम्मिलित सरकारमा न्युनतम साझा कार्यक्रम आवश्यक हुने भन्दै कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली काँग्रेसका सह–महामन्त्री तथा सांसद जीवन परियारले सरकारले न्युनतम साझा कार्यक्रम बनाउने विश्वास व्यक्त गरे । उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने विषय मुख्यगरी न्युनतम साझा कार्यक्रममा उल्लेख हुनुपर्ने बताए । त्यसैगरी सरकारले विकास निर्माणको कामलाई तिब्रता दिनुपर्ने पनि उनले बताए ।

उनले भने – ‘कुनैपनि सरकार दुई वा दुईभन्दा बढी दलको बनिसकेपछि सरकारको एउटा निश्चित कार्यदिशा हुनुपर्छ । सरकार कसरी अगाडी बढ्ने रु सरकारले के–के कुरालाई प्राथमिकताका साथ अगाडी बढाउने रु र साझा न्युनतम कार्यक्रम बनाउनु आवश्यक हुन्छ । सरकारले न्युनतम साझा कार्यक्रम बनाएर अगाडी बढ्छ भन्नेकुरामा म विश्वस्त छु । नेपाली कांग्रेस र नेकपा ९एमाले०का बीचमा सात बुँदे सहमती पनि भएको छ । सहमतीमा आगामी दिनमा कसरी जाने भन्ने कुरा उल्लेख पनि गरिसकेका छौँ । यति बेला नेपाली जनताले सरकारको स्थायित्व खोजेका छन् । र समृद्धिको सपना देखिरहेका छन् । अहिलेको आर्थिक तरलतालाई ठिक ठाउँमा ल्याउन नेपाली कांग्रेस लाग्नु जरुरी छ । अथवा सरकार जानु जरुरी छ । देश विकासका लागि भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन कायम गर्ने र विकास निर्माणलाई तिव्रता दिने लगायतका काममा यो सरकार विशेषगरी लाग्नुपर्छ ।’

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि सरकारको न्युनतम साझा कार्यक्रम काँग्रेस र एमालेका बीचमा भएको सात बुँदे सहमतीको दिग्दर्शनमा आधारित भएर आउनुपर्ने बताए । उनले जनतामा देखिएको निराशा र असन्तुष्टि अराजकतामा परिणत हुन थालिसकेको भन्दै जनतामा आशा जगाउनुपर्ने बताए । सरकारले सुशासनमा केन्द्रीत भएर न्युनतम साझा कार्यक्रम बनाउनुपर्ने बताए । भ्रष्टाचारको अन्त्य गर्नुपर्ने पनि उनले उल्लेख गरे ।

उनले भने – ‘सुशासनमा सम्पूर्ण रुपले केन्द्रीत हुनु आवश्यकता छ । आर्थिक विकृतिको सिमा नाघेको स्थिति छ । भ्रष्टाचारले हरेक ठाउँमा जरा गाडेको छ । त्यसलाई निमिट्यान्न गर्नका लागि सरकार लाग्नुपर्छ । चर्चित भ्रष्टाचार काण्डहरुलाई दह्रो मुटु लिएर छानवीन गर्नुपर्छ भन्ने आँट सरकारसँग हुनुपर्छ । आर्थिक क्षेत्रमा सुधार देखाउनुपर्ने छ । यिनै अहिलेको न्युनतम साझा कार्यक्रमको मुख्य आधार हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

सांसद केसीले आर्थिक क्षेत्र धराशयी भएको भन्दै आर्थिक क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर