
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई बहुमत सांसदले विश्वासको मत दिएका हुन् ।
उनलाई दुई दलका २३ सांसदले विश्वासको मत दिए ।
संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिएका छन् । विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिए । प्रस्तावको विपक्षमा १४ सांसदले मतदान गरेका छन् ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।
- ‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
- एमाले सांसदलाई ओलीको निर्देशन- विधेयक जसो पायो त्यसै पारित हुन नदिनुस्
- देउवाजीले सरकार ढल्दैन भनेपछि पुर्पुरोमा हात लगाएर खुई गर्दै बसेका छन् : प्रधानमन्त्री ओली
- बौद्धिक सम्पतीसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँ : उद्योगमन्त्री
प्रतिक्रिया