बंगलादेशमा अन्तरिम सरकार बन्ने

आरक्षण प्रणालीविरूद्ध हिंस्रक आन्दोलन चर्किएपछि बंगलादेशमा सरकार प्रमुखले पदबाट राजीनामा दिनुका साथै देश नै छाड्नु परेको छ । सोमबार पदबाट राजीनामा दिएर प्रधानमन्त्री शेख हसिनाले देश छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खबर लेखेका छन् ।

राजीनामापछि हसिना हेलिकोप्टरमा भारतीय शहर अगरतला प्रस्थान गरेको बीबीसी बंग्लाले दाबी गरेको छ । यसपछि हजारौं प्रदर्शनकारीहरू राजधानी ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवास प्रवेश गरेको खबर छ ।

शेख हसिनाले दबाब सहन नसकेर प्रधानमन्त्री पदबाट राजीनामा दिई सुरक्षा खतरा महसुस गर्दै देश छाडेपछि बंगलादेशमा अब अन्तरिम सरकार गठन हुने भएको छ ।

बंगलादेशका सेना प्रमुख जनरल वकार-उज-जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अब अन्तरिम सरकार बन्ने बताएका छन् ।

बंगलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन सोमबार थप व्यापक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *