राजीनामा दिएर देश छाडिन् हसिनाले, प्रधानमन्त्री निवास छिरे आन्दोलनकारी (भिडियाे)

आरक्षण प्रणालीविरूद्ध हिंस्रक आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनले राजीनामा दिएर देश छाडेको खबर लेखेका छन् ।

बीबीसी बंगलाका अनुसार शेख हसिना हेलिकोप्टरमा भारतीय सहर अगरतला प्रस्थान गरेकी छन् ।

प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल वकार-उज-जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बन्ने बताए ।

बंगलादेशको राजधानी ढाकामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा हजारौं प्रदर्शनकारी प्रवेश गरेको खबर छ ।

बंगलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन सोमबार थप व्यापक भएको छ ।

विद्यार्थी नेताहरूले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्‍याली गरिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *