बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । आरक्षण प्रणालीविरूद्ध उनको राजीनामा मागसहित हिंस्रक आन्दोलन चर्किएपछि उनले पदबाट राजीनामा दिएकी हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले हसिनाको राजीनामाको पुष्टि गरेका छन् ।

अर्को एक रिपोर्टमा प्रधानमन्त्री हसिनाले बंगलादेश छाडिसकेको समेत उल्लेख छ ।

यसअघि सुरक्षाका लागि भन्दै प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले सरकारी निवास गणभवन छाडिसकेको समाचार सार्वजनिक भएको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *