आन्दोलन चर्किएपछि बंगलादेशमा रहेका नेपालीलाई सुरक्षित र सतर्क रहन दूतावासको आग्रह

बंगलादेशमा जारी कोटाविरोधी आन्दोलन फेरि चर्किएपछि ढाकास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै राजदूतावासले उक्त आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शनहरू भइरहेका र बंगलादेश सरकारबाट अनिश्चितकालीन कर्फ्यु आदेशसमेत जारी भएकाले यस्तो अनुरोध गरेको हो ।

बंगलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरू नेपाल फर्किसकेका र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरूसहित सम्पूर्ण नेपालीहरू सुरक्षित रहेका तथा उनीहरूसँग आफू निरन्तर सम्पर्कमा रहेको राजदूतावासले जनाएको छ ।

साथै नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा सम्पूर्ण नेपालीहरूलाई राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न पनि अनुरोध गरिएको छ ।

आवश्यक समन्वयका लागि राजदूतावासकी द्वितीय सचिव योजना बम्जनलाई +८८०१८८०६९१०१३ वा प्रतिनिधि रिया क्षेत्रीलाई +८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर