सुदूरपश्चिममा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी मन्त्री बन्दै

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा लक्ष्मणकिशोर चौधरीलाई पठाउने भएको छ । सोमबार बसेको संसदीय दलको बैठकले चौधरीलाई सकारमा पठाउने निर्णय गरेको हो ।

प्रदेशमा दलहरूबीच बाँडफाँट हुने सात मन्त्रालयमध्ये एउटा मन्त्रालय नाउपालाई दिने सहमति छ । नाउपाले यसअघि नेतृत्व गरिसकेको सामाजिक विकास मन्त्रालय मागेको छ तर मुख्यमन्त्रीले वन तथा पर्यटन मन्त्रालय दिने तयारी गरेको बुझिएको छ ।

चौधरी दीर्घ सोडारी नेतृत्वको सरकारमा सामजिक विकासमन्त्री थिए ।

प्रदेशको मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर