कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्रले यही साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी भएका कुनै एक दलले समथर्गन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार कँडेल २८ चैत २०८० मा मुख्यमन्त्री नियुक्त भएका थिए । कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसदको आवश्यक पर्छ ।

नयाँ सत्ता गठबन्धन (एमाले–काँग्रेस)दलहरूको २४ सांसद छन् । नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *