हिमालयन बैंकले ८१ प्रतिशत नाफा बढायो
२१ साउन २०८१ ८:२६
हिमालयन बैंकले ८१ प्रतिशतले नाफा बढाएको छ । बैंकले गतवर्ष २ अर्ब ८३ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ५६ करोड रहेको थियो ।
बैकले गत आर्थिक वर्षमा नाफामा सुधार गरेपनि सेयरधनीले लाभांशको लागि भने एक वर्ष अझै कुनुपर्ने भएको छ ।
१२.०४ प्रतिशत पुँजीकोष अनुपात रहेको हिमालयन बैंकको खराब कर्जा अनुपात ४.९१ प्रतिशत रहेको छ । असार मसान्तसम्म २ खर्ब ९३ अर्ब निक्षेप संकलन गरेको बैंकले कर्जा २ खर्ब ३२ अर्ब दिएको छ ।
प्रतिक्रिया