मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल उच्च बनाएको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिवर्तन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताएका छन्।

आइतबार लेखापरीक्षकहरूको संस्था नेपाल अडिटर्स एशोसियसन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले मौद्रिक नीतिको असरले उद्योगी व्यवसायी, बैंकर्स र सर्वसाधारणको गिरेको मानसिकता र मनोबल उठेको पाएको धारणा राखे।  उनले गिरेको मनोबल उच्च बनाउन निजी क्षेत्र, सरकारका सम्बन्ध निकायहरूको महत्वपूर्ण भूमिका रहने बताए।

उनले यो वर्षको मौद्रिक नीति राष्ट्र बैंकले अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर ल्याएको उल्लेख गरे।  चालु आर्थिक वर्षको मौद्रिक नीति गत वर्षको भन्दा लचिलो भएको भन्दै त्यसले बजारमा पार्ने असरका विषयमा राष्ट्र बैंक सर्तक रहेको उनले बताए।

उनले भने,‘मौद्रिक नीति अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर मौद्रिक नीति ल्याएको छ। यो वर्ष मौद्रिक नीतिको स्ट्यान्स अलिक लचिलो छ । गत वर्ष पनि खुकुलो मौद्रिक नीति ल्याएका हौं । गत वर्षको भन्दा केही नीतिहरू र रेटहरूलाई घटाएका छौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *