सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहले पेस गरे दाबी

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले सो प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

शाहले नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरूको समर्थनमा दाबी पेस गरेका हुन् ।

यसअघि आजै बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने औपचारिक निर्णय गरेको थियो । त्यसपछि उनले प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गरेका हुन् ।

यसअघि कांग्रेसबाट सो प्रदेशमा को मुखमन्त्री बन्ने भन्ने विषयमा सहमति जुट्न सकस परेको थियो । कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले शाहलाई दोहोर्‍याउन निर्देशन दिएका थिए । शाह यसअघि पनि साे प्रदेशकाे मुख्यमन्त्री भइसकेका छन् ।

यसअघिका मुख्यमन्त्री दीर्घ सोडारीले अल्पमतमा परेपछि राजीनामा दिएका थिए ।

प्रदेशमा कुन दलले कति र कुन-कुन मन्त्रालय लिने भन्नेबारे भने छलफल गर्न बाँकी रहेको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *