इजरायल-हिजबुल्लाह युद्ध चर्किएपछि आफ्ना नागरिकलाई लेबनान छाड्न बेलायत सरकारको आग्रह

इजरायल र हिजबुल्लाहबीचको चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वका डरका कारण बेलायत सरकारले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ ।

बेलायतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बेलायती नागरिकले लेबनान छाडे यसबाट सिर्जना हुने व्यावसायिक विकल्प उपलब्ध रहेको जनाएको छ ।

‘तनाव उच्च छ र स्थिति चाँडै बिग्रन सक्छ,’ विदेशमन्त्री डेभिड ल्यामीले भने, ‘हामी लेबनानमा हाम्रो कन्सुलर उपस्थितिलाई बलियो बनाउन अहोरात्र काम गरिरहेका छौं, त्यहाँ रहेका बेलायती नागरिकहरूलाई मेरो सन्देश स्पष्ट छ, अब लेबनान छोड्नुहोस् ।’

विदेश मन्त्रालयले उक्त क्षेत्रमा सीमा बल, कन्सुलर अधिकारी र सैन्यकर्मीहरू तैनाथ गरेर बेलायतीका लागि आफ्नो सहयोगलाई मजबुत बनाइरहेको बताएको छ ।

‘अधिकारीहरूले दूतावासका कर्मचारीहरूलाई अतिरिक्त सहयोग प्रदान गर्नेछन् भने सैन्य कर्मचारीले दूतावासहरूलाई बेलायती नागरिकलाई मद्दत गर्न परिचालन सहयोग प्रदान गर्नेछन्,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मानवीय आवश्यकताका साथै सहयोगीहरूलाई सहयोग गर्न पूर्वी भूमध्यसागरमा पहिल्यैदेखि नै आरएफए कार्डिगन बे र एचएमएस ड्रंकनसँग अवतरण भइसकेका छन् भने वायुसेनाले हेलिकोप्टरहरू पनि तयारी अवस्थामा राखेको छ ।’

मन्त्रालयले निर्देशनमा भनेको छ, ‘लेबनानबाट बाहिरिने सडकसहित मार्गहरू प्रभावित, सीमित वा बन्द हुने सम्भावनासँगै बेलायती टोलीहरूले आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह जारी राख्नेछन् र उनीहरूलाई व्यावसायिक विकल्पहरू उपलब्ध हुनेछन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *