सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोहोरिदै कांग्रेसका शाह

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका कमलबहादुर शाहलाई बनाउने तयारी भएको छ ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

कांग्रेसको शीर्ष तहमा भएको समझदारीअनुसार प्रदेश प्रमुखले दिएको समयभित्र शाहले मुख्यमन्त्री दाबी पेस गर्ने तयारी गरेका छन् ।

कांग्रेसका एक शीर्ष नेताले दिएको जानकारीअनुसार यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएको भन्दै अहिले उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको हो ।

योसँगै कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौं मुख्यमन्त्री बन्ने भएका छन् । राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *