तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ : सभामुख

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक चालु अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताएका छन् ।

डा. सन्दुक रूइतले आँखाको क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय ख्यातिलाई समेत ध्यानमा राखेर आफूले सो विश्वविद्यालयसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने काममा पनि सहयोग गरेको र त्यसलाई संसदको चालु अधिवेशनबाटै पारित गराउन पनि आफ्नो प्रयत्नलाई जारी राखेको उनको भनाइ छ ।

ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सो विश्वविद्यालय बनेपछि नेपालले आँखाको क्षेत्रमा अध्ययन, अनुसन्धानलगायतलाई सहज ढंगले अघि बढाउन सकिने बताए । उनले सरकारले पनि सो विधेयकलाई अघि बढाउन महत्त्व दिएको उल्लेख गरे ।

सभामुख घिमिरेले सो विधेयकमा देखिएका असजिलाहरू हटाउन पनि आफूले हरसम्भव प्रयास गरिरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर